×

भारतले चामल निर्यातमा लगायो रोक

images

काठमाडौं, साउन ६ । भारत सरकारले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यात रोक्ने घोषणा गरेको हो ।

भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिनालगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ ।

भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुन सक्ने देशभित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय गरिएको बताइएको छ ।

भारतले चामल निर्यात रोक लगाएपछि नेपाललगायतका मुलुकलाई असर पर्ने गरेको छ । नेपालमा खाद्यान्नको प्रमुख स्रोतका रूपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ ।

आर्थिक वर्ष २०७९/८० को ११ महिनामा मात्रै नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपियाँ बराबरको २० करोड ८९ लाख किलो चामल आयात गरेको थियो । गोरखापत्र दैनिकबाट

शनिबार ६ साउन २०८० ११:१३ AM मा प्रकाशित

प्रतिक्रिया