×

अमरेशले नेपाललाई लिजमा दिऊँ भनेपछि एमालेको आपत्ति, कारबाही र अभिव्यक्ति हटाउन माग

images

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिऊँ भनेपछि प्रतिनिधि सभा बैठकमा एमालेले आपत्ति जनाएको छ । सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।

सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भन्दै बजेट पनि नजाने बोल्न पनि नपाउने किन भन्दै आक्रोश व्यक्त गरेका थिए ।

विनियोजित बजेटका सम्बन्धमा विवाद भएपछि सभामुख घिमिरले वक्ता सिंहलाई ‘डायस छाडेर तल जानू’ भनी निर्देशन दिएका छन् । सभामुखले दिएको रुलिङलाई बेवास्ता गरेपछि उनलाई यस्तो निर्देशन दिएका हुन् । सिंहले एमाले देशप्रति गद्दार तपाईँहरू हो भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यसपछि सत्तापक्षका सांसद नै नाराबाजीमा उत्रेका थिए ।

बजेटको प्रसङ्ग निकाल्दै अमरेशले भनेका थिए, ‘म नेपाल सरकारलाई भन्न चाहन्छु यो चारपाँच जिल्ला नेपालमा राखौँ, बाँकी जिल्ला लिजमा अर्को देशलाई दिऔँ । अमेरिकालाई दिऔँ, चाइनालाई दिऔँ, भारतलाई दिऔँ । बजेट नै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने ? खाली ट्याक्स लिनलाई राख्ने ? सहरी विकास मन्त्रालयको म स्टार्ट गर्छु । काठमाडौँमा ३ करोडका दरले १३१ योजना छ । काठमाडौँमा १३१ योजना छ भने मेरो जिल्लामा कम्तीमा १५,२० वटा त पर्दथ्यो । सर्लाहीका जनताले १३१ खोजेको होइन । २० वा ३० राखेको भए हुन्थ्यो ।’

उनले थपे, ‘डडेलधुरामा गेटा मेडिकल कलेज खोल्दा हामी ताली बजायौँ । तर मधेसमा एउटा पनि नखोल्ने ? त्यसपछि एमालेका सांसद महेश बर्तौलाले नियमापत्ति जनाउदै २०,२१ र २३ को स्मरण गराउँदै सिंहलाई कारबाही र अभिव्यक्ति हटाउन माग गरेका थिए ।’

आइतबार​ ८ असार २०८२ १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया