×

मनोज पाण्डेबाट दुर्व्यवहारमा परेको भन्दै अर्की युवती पनि पुगिन् प्रहरीमा

images

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेबाट पीडित भएको भन्दै थप युवतीहरु पनि प्रहरीको सम्पर्कमा पुगेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको सम्पर्कमा थप एकजना पीडित पुगेकी हुन् । अन्य दुईजनाले पनि पाण्डेबाट दुर्व्यवहारको प्रयास भएको भन्दै प्रहरीसँग सम्पर्क गरेका छन् । 

प्रहरीले शनिबार स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो । बुधबार पाण्डे सञ्चालक रहेको कम्पनीले आयोजना गरेको सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धीले आफूमाथि ८ वर्षअघि जबरजस्ती करणी भएको खुलासा गर्दैै २० वटा भिडियो बयान सार्वजनिक गरेकी थिइन् ।

आइतबार​ ८ जेठ २०७९ ०५:३३ PM मा प्रकाशित

प्रतिक्रिया