×

मुलुक राजनीतिक विचलनतिर जाने खतरा पैदा भयो : प्रधानमन्त्री दाहाल

images

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मुलुक राजनीतिक विचलनतिर जाने खतरा पैदा भएको टिप्पणी गरेका छन् ।

उनले कम्युनिष्ट आन्दोलनमा मात्रै नभएर देशमा राजनीतिक विचलन छाएको बताएका हुन् ।

नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको केन्द्रीय सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मुल्य, मान्यता र आर्दशलाई भन्दा मान्छे सेन्टिमेन्ट, भावना र आवेग वा अराजकतलाई प्रश्रय दिने प्रवृत्ति देखिन्छ।

यस्तो बेलामा बौद्धिक जगतबाट वैचारिक बहस चलाउन जरुरी छ। कहि न कहिँ लामो संघर्षबाट आएको नेताहरुमाथि धेरै तल उत्रिएर गाली गरेको देख्ने गरिन्छ।’

शनिबार ९ बैशाख २०८० ०८:५४ PM मा प्रकाशित

प्रतिक्रिया