×

आचारसंहितालाई पिटपाट गरेर धुलो पिठो बनाइसके : अध्यक्ष ओली

images

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरुले निर्वाचन आचारसंहितालाई पिटपाट गरेर धुलो पिठो बनाएर अचार बनाइसकेको आरोप लगाएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरुले निर्वाचन आचारसंहितालाई पिटपाट गरेर धुलो पिठो बनाएर अचार बनाइसकेको आरोप लगाएका हुन्।

‘सरकारी हेलिकोप्टर लिएर गएर प्रलोभन बाँढ्ने काम गरे। आचारसंहितालाई पिटपाट गरेर धुलो पिठो बनाएर अचार बनाइसकेका छन्। बुथ कब्जा गर्छन् केको आचारसंहिता? अरुलाई भोट खसाउन दिँदैनन् केको आचारसंहिता? मानिसलाई कुट्छन के आचारसंहिता?,’ उनले भने।

उनले तनहुँमा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेका पिताको मोटरमा भएको तोडफोडको घटनामा पनि कारबाही नभएको भन्दै असन्तुष्टी व्यक्त गर्दै भने, ‘तनहुँमा एक जना उम्मेद्‍वारका बुढा बाउको पार्किङमा राखिएको मोटरमा तोडफोड भयो। यो सत्ताको उन्माद हो? केही कारबाही हुँदैन?’

 

शनिबार ९ बैशाख २०८० ०८:३६ PM मा प्रकाशित

प्रतिक्रिया