×

नगरपालिकाको भौतिक विकासमा पक्षपात नगर्ने अध्यक्ष आचार्यको प्रतिबद्धता   

images


काठमाडौँ । सहरी विकास मन्त्रालयका सचिव तथा नगर विकास कोषका अध्यक्ष सुरेश आचार्यले, पूर्वाधार निर्माणको क्षेत्रमा कुनै पनि नगरपालिकालाई पक्षपात नगरिने प्रतिबद्धता जनाएका छन् । 
बुधवार काठमाडौँमा आयोजित नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले नगर विकास कोषले पूर्वाधारको हिसाबले कुनै पनि क्षेत्रलाई पक्षपात नगर्ने बताए ।
अध्यक्ष आचार्यले भने “नगर बासीलाई पूर्वाधारको हिसाबले  पछाडि पारिने छैन । नगरपालिका  लोन प्रवाह गर्दा अप्ठ्यारा के छन् । लोन प्रवाह पछि असुलीमा अप्ठ्यारा के छन् । नगरपालिका को क्षमता के छ । के गर्दा नगर विकास कोष  ऋण प्रवाह गर्ने सक्छ । सहरी पूर्वाधारका अनन्त आकाङ्क्षा लाई चिरेर कसरी एउटा नगरपालिकामा आर्थिक सहयोग र समृद्धि ल्याउन सकिन्छ  भन्ने विषयमा सघन छलफल गरेर एउटा निचोड निकाल्नु छ ।”
नगर विकास कोष ५३ सालमा ऐनद्वारा गठित संस्था भएको भन्दै ६५ करोडबाट सुरु भएको यस संस्थाले १४ अर्ब २० करोडको प्रोटोकल बनाएको बताएका छन् ।  
लोन मात्र नभएर अनुदानको पनि  हिस्सा  बढाएर नगर विकास कोषले प्रवाह गर्ने ऋण र अनुदानको पार्टलाई अगाडी बढाएर बढी भन्दा बढी स्किम ल्याउने प्रयास गरेको उनको भनाई रहेको छ ।
आगामी दिनमा वित्तीय संस्थासँग सहकार्य गरी ठुला परियोजनामा लगानी गर्ने बाटो खोल्ने तयारी भइरहेको उनको भनाई छ । 
 

बुधबार ८ चैत २०७९ ०४:५६ PM मा प्रकाशित

प्रतिक्रिया