×

आजको मौसम-- मुलुकभर आंशिक वर्षा हुन सक्ने 

images


काठमाडौं । आज मुलुकभर आंशिकदेखि सामान्य बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुनेछ । त्यस्तै मुलुकको अन्य स्थानमा पनि हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही स्थानमा चट्याङ पनि पर्न सक्ने महाशाखाको अनुमान छ । 
त्यस्तै, बुधवार राती मुलुकको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक–दुई स्थानमा भने मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ ।

बुधबार ८ चैत २०७९ १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया