×

जिपको ठक्करबाट एक जनाको मृत्यु

images


काठमाडौं । झापाको कमल गाउँपालिका वडा नं ४ सितापुरमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  
ठक्करबाट कमल गाउँपालिका वडा नं. ५ का ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको हो । 
मंगलबार राती १० बजे पूर्वपश्चिम राजमार्गमा पूर्व तर्फ गइरहेकोे मे१ज १९४२ नम्बरको बोलेरोले राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।
राईलाई ठक्कर दिएर फरार रहेको सवारी चालकसहित सवारी साधन नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।
 

बुधबार ८ चैत २०७९ ११:२७ AM मा प्रकाशित

प्रतिक्रिया