नेपाल विद्यार्थी संघले सहकारी विभागलाई ठुलो सहकारी घोटाला बारेमा जाँच गर्न र दोषीहरूलाई कडा कारवाही गर्न चेतावनी दिएको छ । नेपाल विधार्थी संघले सहकारी विभागमा उजुरी दर्ता गरेर कारबाही गरेको छ। सांसद र पुर्व उपप्रधान र गृहमन्त्री रवि लामिछानेका तर्फबाट विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ घुस लिएर आफ्नो संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लागेको छ ।
नेविसंघले सहकारी विभाग अगाडी उजुरी दर्ता गरे संगै विभिन्न नाराहरु सहित प्रदर्शन समेत गरेको थियो ।
गलि गलिमा स्वर छ ।
संसदभित्र सहकारी चोर छ ।।
सहकारी ठगलाई
कारबाही गर ।
रवि लामिछाने विरुद्ध उजुरी दर्ता गर ।
३६,००० जनताको पैसा फिर्ता गर ।।
सहकारी ठगी विरुद्ध नेविसंघ ।
शक्तिको आडमा
जनता लुट्न पाईदैन ।
सहकारी घोटाला
पीडितलाई न्याय गर ।
जनतामाथि दमन बन्द गर ।
ठग दलाल सांसद
रवि लामिछाने
राजिनामा गर ! राजिनामा गर !!
जनताको पैसा लुट्न पाईदैन ।
"Cooperative Scandel"
is a CRIME
BOYCOTT
RABI LAMICHHANE
दोषी जोगाउन पाईदैन ।
विभेद र पुर्वाग्रह मानिदैन ।
ठग व्यक्ती संसदमा चाहिदैन ।।
सहकारी ठगी प्रष्ट ।
रवि लामिछाने भ्रष्ट ।।
नेविसंघको खबरदारी
नउम्किउन सहकारीका भ्रष्टाचार ।।
सहकारी पीडितलाई
न्याय खोई?
नेविसंघ भन्छ बारम्बार ।
सहकारी ठगलाई कारागार ।।
देशमा अर्थतन्त्र मन्दा छ ।
सांसदको सहकारी ठगीको धन्दा छ ।।
ग्रहमन्त्रीको खोल ओडेर
जनता ठग्न पाईदैन ।।
सिधाकुरा जनतासंग
पुडासैनी हत्या : तै चुप मै चुप
नागरिकता काण्ड : तै चुप मै चुप
ड्राईभर हत्या : तै चुप मै चुप
सहकारी ठगी : ????????
नेविसंघले यस्तो घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको बताएको छ । नेपाली जनताको सहकारी संस्थाहरूमा रहेको विश्वासलाई कमजोर पारेको छ र राजनीतिक नेताहरूप्रति जनताको आस्था ह्रास गरेको छ । नेविसंघले प्रदर्शनका क्रममा यस्तो अनैतिक कार्यले नेपाली लोकतन्त्रको मूलभूत सिद्धान्त र संस्थागत विश्वासलाई कमजोर पारेको दाबी गरेको छ ।
नेविसंघ केन्द्रिय सदस्य आदर्श मल्ल ज्यूले सहकारी विभागलाई यस प्रकरणप्रति गम्भीरतापूर्वक ध्यान दिन, तत्काल जाँच गर्न र संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारवाही गर्न विभाग सामु जोडदार माग गर्नु भएको छ । संघले आफ्नो प्रतिबद्धतामा अटल रही नेपाली जनताको हित र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्ने बताएको छ । प्रदानकर्ता नेविसंघका काभ्रे जिल्ला सभापति अन्जन राज खतिवडा ज्यूले यदि यो मागलाई अनदेखा गरिएमा शक्तिको आडमा नेपाली जनताको हक र अधिकारका लागि निरन्तर संघर्ष गर्ने र आवश्यक राजनीतिक तथा सामाजिक कदम चाल्ने चेतावनी दिएको छ । शक्त्ती र पदको आडमा अपराध र अपाराधीलाई ढाकछोप गर्ने काम भएमा नेविसंधले त्यसको कडा प्रतिबाध गर्ने कुरा जिल्ला अध्यक्ष सरोज धोरासैनी ज्यूले रजिष्टार सामु जनाएका छन् ।
प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल, नर बहादुर भण्डारी , सरोज थापा, प्रविन जमकट्टेल, अनुराग शाह, एन पि जोशी रेड , आकाश जंग कुबर, अविषेक दाहाल, धर्मेन्द्र शाही, निर्मला शाह, निलम बोगटी, मोहन कालाथोकी, ई.योगेश मोक्तान, नेविसंघ काभ्रे जिल्ला अध्यक्ष अन्जनराज खतिवडा, नेविसंघ ललितपुर अध्यक्ष सरोज घोरासैइनी नेविसंघ नेता जयेन्द्र विश्वकर्मा, राजेन्द्र चटौत लगायत नेताहरुको सहभागीता थियो ।
प्रतिक्रिया