काठमाडौँ । मुस्ताङ भन्सार कार्यालयको नेचुङस्थित कोरला नाका पूर्ण रुपमा संचालनमा आएको छ ।
भन्सार विभागका अनुसार गत असार २४ गते रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको वाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रुपमा बन्द भएको र तातोपनी भन्सार कार्यालय तर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध भएको अवस्थामा मित्रराष्ट्र चीन र नेपालबीचको वैदेशिक व्यपारलाई सहजीकरण गर्न मुस्ताङ जिल्लास्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) भदौ ३० गतेदेखि पूर्णरुपमा संचालनमा आएको हो ।
असोज ४ गते सम्म मुस्ताङ भन्सार कार्यालयबाट २०९ वटा विद्युतिय गाडी र १०७ वटा मालबाहक ढुवानी साधनमा रहेका मालवस्तु जाँचपास गरी ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैंया राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।
हाल यस नाकामा आशिकुडा प्रणाली समेत संचालन भइसकेको र नेपाल राष्ट्र बैकको भदौ ३१ परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतितपत्र मार्फत सामान आयात गर्न एकिकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरिसकिएको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया