×

मुग्लिन नारायणगढ सडक आज राति बन्द हुने

images

चितवन । शुक्रबारदेखि अवरुद्ध भएर आइतबार अपराहन्न एकतर्फी संचालनमा आएको मुग्लिन नारायणगढ सडक खण्ड रातिमा बन्द गरिने भएको छ ।

पहिरोको जोखिम कायम रहेकोले आज राति ९ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने भएको हो । रातिमा जोखिम देखिएकाले यातायात रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

शुक्रबार साँझदेखि खसेको पहिरो आइतबार अपराहन्न करिब ४ बजे मात्र एकतर्फी खुलाइएको थियो । यस क्रममा हजारौं यात्रु सडकमा अलपत्र परेका थिए ।

आइतबार​ ५ असोज २०८२ ०८:४४ PM मा प्रकाशित

प्रतिक्रिया