×

नेपाली क्रिकेट खेलाडीको युएईको भिसा लाग्यो, सोमबार प्रस्थान गर्दै

images

काठमाडौँ । नेपाली क्रिकेट खेलाडीको युएईको भिसा लागेको छ  ।

नेपाल क्रिकेट संघ(क्यान) ले सबै खेलाडीको युएईको भिसा लागिसकेकाले सोमबार नेपाली क्रिकेट टिम त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिएको छ । यस अघि युएईले नेपालीका लागि भिसा रोकेपछि क्रिकेटर प्रभावित भएका थिए । भिसा नलागेपछि शुक्रबार नै युएई प्रस्थान गर्नुपर्ने नेपाली क्रिकेट टिम रोकिएको थियो ।

युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न त्यसतर्फ जादै छ । नेपालले सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ । 

नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले कुनै सुचना जारी नगरेर नेपाली नागरिकलाई भिजिट भिसा बन्द गरेको छ । 

आइतबार​ ५ असोज २०८२ ०२:३६ PM मा प्रकाशित

प्रतिक्रिया