काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय परामर्श बैठक आज बुधबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा सुरु भएको बैठकमा आज बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरू सहभागी भएका छन् । बागमती प्रदेशको बैठक आज र भोलिसम्म चल्नेछ । पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बैठक बस्ने निर्णय स्थायी समितिको पदाधिकारीहरूको बैठकले गरेको थियो । बैठक साउन २५, २६, २७, २८, ३० र ३१ गते बसेको थियो
यस्तो छ प्रदेश परामर्श बैठकको तालिका
बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ५ र ६ गते ।
उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते ।
गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ९ र १० गते ।
सुदूरपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १२ र १३ गते ।
कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १४ र १५ गते ।
लुम्बिनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते ।
तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भाद्र १८ र १९ गते ।
मधेश प्रदेशका के.स. हरूको बैठक भाद्र २२ र २३ गते ।
पूर्व, १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र २४ र २५ गते ।
ज.व.श मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरूको बैठक भाद्र २७ र २८ गते ।
प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ आश्विन १ गते ।
जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।
प्रतिक्रिया