×

दाङमा बसभित्र ७३ वर्षीया वृद्धा सामूहिक बलात्कृत, २ जना पक्राउ

images

दाङ- दाङमा ७३ वर्षीया  एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले २ युवकलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुका डीएसपी पुष्पराज मल्लका अनुसार बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धालाई सामूहिक बलात्कार गरिएको हो।

बलात्कार आरोपमा दाङकै तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विकलाई प्रहरीले पक्राउ गरेको डीएसपी मल्लले जानकारी दिए। वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

शुक्रबार​ ५ साउन २०८० १०:१६ AM मा प्रकाशित

प्रतिक्रिया