×

पोखरा विमानस्थलको भ्रष्टाचारबारे थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन ढिलाइ गर्न हुदैन - लेखनाथ दाहाल

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले पोखरा विमानस्थल निर्माणको क्रममा भएको अतिरिक्त ८ अर्ब भुक्तानी अनियमितता नै रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकलाई सम्बोधन गर्दै नेता दाहालले पोखरा विमानस्थलको भ्रष्टाचारबारे थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन ढिलाइ गर्न नहुने बताए ।

‘पोखरा विमानस्थलको लागत अनुमान १४ अर्बको ठेक्का आह्वान हो । ठेक्का सम्झौता हुनेबेलासम्म २२ अर्ब पुग्यो । त्यो ८ अर्ब कसरी बढ्यो भन्दा वार्ताद्वारा ८ अर्ब बढाइयो भनिएको छ । वार्ताद्वारा किन बढाइयो ? यो सार्वजनिक खरिद ऐनअन्तर्गत छ कि छैन ? भन्दा छैन,’– उनले भने ।

कम्पनीसँग भएको निर्माण सम्झौताअनुरुपको कामसमेत हुन नसकेको उनको दाबी छ । विमानस्थल निर्माणको क्रममा भएको ८ अर्ब अतिरिक्त भुक्तानी अनियमितता नै रहेको उनको दाबी छ । ‘यो उपसमितिले जुन विषयवस्तु उठान गर्यो, थप अनुसन्धानको लागि अख्तियार पठाउनुपर्छ । थप अनुसन्धान गर्ने र कारबाही प्रक्रिया अगाडि बढाउने भनेर लिखित निर्णय गरेर पठाउनुपर्छ भन्ने मेरो मान्यता छ,’– उनले भने । 

बुधबार ८ जेठ २०८२ ०४:४६ PM मा प्रकाशित

प्रतिक्रिया