×

नीति तथा कार्यक्रममाथि एमाले अध्यक्ष ओली आज संसदमा बोल्ने

images

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि आज (आइतबार) बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैछन्। ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै 

सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको हो।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै ओलीले यसको विरोध गर्दै आएका छन् ।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आइतबारको बैठकको प्रारम्भमा नै आफूले नीति तथा कार्यक्रममाथि धारणा राख्ने बताएका थिए। अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने बताएका छन् ।

‘हिजो प्रस्तुत भएको र भोलिबाट छलफल सुरु हुने नीति तथा कार्यक्रमको बारेमा संसद बैठकको प्रारम्भमा नै मैले धारणा राख्नेछु,’ ओलीले शनिबार बसेको संसदीय दलको बैठकमा भनेका  थिए।

एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने निश्कर्ष निकालेको थियो।  सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान अध्यक्ष एव् संसदीय दलका नेता ओलीले बैठकमा राखेका थिए।    

आइतबार​ ७ जेठ २०८० ११:२५ AM मा प्रकाशित

प्रतिक्रिया