×

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसमा प्रधानमन्त्रीले दिए शुभकामना

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  आज मंगलबार सामाजीक संजाल मार्फत उनले जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि सबैलाई अपील गरेका छन् । 

उनले लेखेका छन् ‘जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपील गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।’
 

मङ्गलबार ७ चैत २०७९ १०:२६ AM मा प्रकाशित

प्रतिक्रिया