×

ट्याक्टर दुर्घटनामापरी दुई जनाको मृत्यु, २८ जना घाईते 

images

काठमाडौं । कैलालीमा ट्याक्टर दुर्घटनामापरी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्याक्टरमा सवार भजनी नगरपालिका–९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरी रहेका छन् । उनीहरु दुवै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर घाइते भएका भजनी नगरपालिकाकै १६ जनाको घोडाघोडी अस्पताल र १२ गरी २८ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ ।

जोशीपुरमा आफन्तकोमा पास्नीको भोज खाएर भजनी नगरपालिका–९ कुणी फर्किंदै गर्दा उनीहरु ट्याक्टर दुर्घटनामा परेका हुन् । ट्याक्टर चालक भजनी नगरपालिका–९ कै सुरज चौधरी भने फरार छन् । उनको खोजी भइरहेको छ ।
 

मङ्गलबार ७ चैत २०७९ १०:३८ AM मा प्रकाशित

प्रतिक्रिया