×

सरकारमा जानेबारे अध्ययन गर्न नेकपाएसले बनायो कार्यदल 

images


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागि हुनेबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । 
आज मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले, अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव वेदुराम भुसाल सम्मिलित कार्यदल गठन गरेको जानकारी दिए । 
उनले भने, ‘बैठकले आजको समसामयीक राजनीति, सरकार, प्रदेश सरकार जस्ता धेरै विषयमा बृहत छलफल गरेको छ । एउटा निर्णय मात्र गरेको छ, त्यो निर्णय सरकार गठनका समग्र प्रक्रियाको बारेमा गृहकार्य गर्नको लागि पार्टी अध्यक्ष माधव कुरमा नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव वेदुराम भुसाल तीन जनाको एउटा कार्यदल बनाइएको छ । उक्त कार्यदलले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरुले गर्ने कामको बारेमा, मन्त्रालयको बाडँफाड, केन्द्रदेखि प्रदेशसम्मका मन्त्रालयको बारेमा गृहकार्य गर्ने छ ।’  
उनले आजको बैठक सरकारमा कस्तो एजेण्डा लिएर जाने भन्ने विषयमा मात्र केन्द्रित रहेर छलफल भएको बताए । नीति कार्यक्रम, मन्त्रालय बाडँफाड सबै विषयमा धेरै दलहरु एकै स्थानमा बसेर छलफल गर्नुपर्ने हुनाले सो विषय टुङ्ग्याउने जिम्मा कार्यदललाई दिइएको उनको भनाई छ । 
कुन मन्त्रालय लिन भन्ने विषयमा अझसम्म कुरै नभएको भन्दै उनले बाहिर आएका कुरा हल्लाहरु मात्रै हुन भने । 

मङ्गलबार ७ चैत २०७९ ०३:४० PM मा प्रकाशित

प्रतिक्रिया