×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

images


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् । झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् ।दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत छ ।अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यसलाई सशस्त्र प्रहरी परिचालन पछिको सफलता ठानिएको छ ।

आइतबार​ ७ माघ २०८० ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया