×

जहाजको शौचालयमा नवजात शिशु

images

काठमाडौँ, ४ पुस : एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो ।
    
सो जहाज युएईको सारजाह विमानस्थलबाट आज बिहान ९ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । “जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्कामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको छ”, प्रवक्ता झाले भन्नुभयो ।

बुधबार ४ पुस २०८० ०८:१९ PM मा प्रकाशित

प्रतिक्रिया