×

भारतमा अर्ध-उच्च गतिको नमो भारत रेल सेवा शुरू

images

भारतले शुक्रबारदेखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक  रेल सेवा शुरू गरेको अधिकारीहरूले बताएका छन् ।

आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा उद्घाटन गरेका छन् ।

रेलले उत्तर प्रदेशको साहिबाबाद र दुहाई डिपो स्टेसनलाई जोड्नेछ । प्रधानमन्त्री मोदीले जारी गरेको तस्बिरमा उनलाई रेलमा स्कुलका बालबालिकासहित सहयात्रीहरूसँग कुराकानी गरिरहेको देखाइएको छ । 

‘भारतको पूर्वाधारमा एउटा महत्वपूर्ण विकास १ दिल्ली–मेरठ आरआरटिएस करिडोरले क्षेत्रीय कनेक्टिभिटीमा ठूलो परिवर्तन गर्नेछ,’ र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने ।

अधिकारीहरूका अनुसार दिल्ली–गाजियाबाद–मेरठ १७ किलोमिटर लामो प्राथमिकता भएको खण्ड यात्रुहरूका लागि शनिबारदेखि खुल्ला गरिने छ ।

शुक्रबार​ ३ कात्तिक २०८० ०६:०२ PM मा प्रकाशित

प्रतिक्रिया