×

मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो- सभापति रवि लामिछान

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदम धेरै जटिल बनाइएको बताएका छन्। बयानमा रविले आफुलाई  दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै धेरै जटिल बनाइएको बयान दिएका हुन।  

साथै उनले बयानमा जिबी राईले आफ्नो नाममा र सयौं अन्य व्यक्तिहरुको नाममा लिएको ऋण फर्जी भएको बताएका छन्। पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेसँग समितिले ९ घन्टा सोधपुछ गरेको थियो। समितिले उनलाई ५१ वटा प्रश्न सोधेको थियो।
सोधपुछका क्रममा उनले आफ्नो संलग्नता ग्यालेक्सी टेलिभिजनबाट सुरु भएर ग्यालेक्सी टेलिभिजनबाटै सकिएको बताएका थिए।

‘यसलाई राजनीतिक विषय बनाइँदा सहकारीप्रति नै मानिसको विश्वास उड्यो जसले अर्थतन्त्रलाई निकै ठूलो धक्का दियो। सहकारी पीडितलाई न्याय दिन खर्च गर्नुपर्ने समय मलाई दोषी देखाउन खर्च गरियो,’ उनले जफाव दिँदै भनेका छन्। 

रविले संसदीय छानबिन विशेष समितिमा दिएको बयानको पूर्णअंश यस्तो छ :

                

शुक्रबार​ ४ असोज २०८१ ०७:१३ PM मा प्रकाशित

प्रतिक्रिया