×

मुग्लिन नारायणगढ सडक आज नखुल्ने, भोलि बिहानदेखि पहिरो हटाइने

images

चितवन । मुग्लिन नारायणगढ सडकखण्ड आज नखुल्ने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो खस्ने क्रम नरोकिएकोले आज पहिरो हटाउने कार्य रोकिएको बताएको छ । कार्यालयले भोली बिहान ४ बजेदेखि पहिरो हटाउन शुरु गरिने जानकारी दिएको छ ।

कार्यालयले पहिरो खस्ने जोखिम कायमै रहेकोले रातको समयमा माथिबाट झरेको ढुंगा-पहिरो नदेखिने साथै सुरक्षाको दृष्टिकोणले पहिरो हटाउन संभव नभएको बताएको छ । डिभिजन कार्यालयले भनेको छ- ' भोली बिहानै करिब ४ बजेतिर (झिसमिसे उज्यालोमा) पहिरो हटाउने कार्य सुचारू गरिनेछ । सडकमा रोकिएका सवारीसाधनहरू लेन अनुशासनमा राख्नुहुन र यात्रुमहानुभावहरू सावधानीपुर्वक सुरक्षित स्थानतिर गइदिनुहुन समेत हार्दिक अनुरोध  गरिन्छ ।'

मुग्लिन नारायणगढ सडक खण्ड शुक्रबार साँझ ६: ३० बजेदेखि तुईन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण  सडक पूर्ण रूपमा अवरुद्द भएको छ । सडक अवरुद्ध भएपछि दशैका लागि काठमाडौँ बाहिर जाने हजारौं सवारी साधन र यात्रु अलपत्र परेका छन् । 

शनिबार ४ असोज २०८२ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया