हेटौँडा, ४ भदौ (२०८३) । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्दै ७ सदस्यीय सरकार गठन गरेका छन् । बिहीबार ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सत्तारुढ दलहरू नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट ६ जना नयाँ मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार नै हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ गराएका छन् ।
कसले पाए कुन मन्त्रालयको जिम्मेवारी?
नयाँ सत्ता समीकरण अनुसार मुख्यमन्त्री थापा मगरले नियुक्त गरेका मन्त्रीहरू र उनीहरूको कार्यविभाजन निम्नानुसार रहेको छ, :
मन्त्रालय सङ्ख्या घटाइयो, केही मन्त्रालय अझै खाली
प्रशासनिक पुनर्संरचना र आर्थिक भार कतौटी गर्ने नीति अन्तर्गत बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ कायम गरेको छ ।
हाल विस्तार गरिएको मन्त्रिपरिषद्मा एमालेका ज्ञानबहादुर तामाङको मन्त्रालय बाँडफाँट सम्बन्धी दलीय सहमति टुङ्गिएपछि मात्र जिम्मेवारी तोकिने मुख्यमन्त्रीले बताएका छन् । नयाँ राजनीतिक समीकरणमा भागबण्डा मिलाउन बाँकी रहेकाले हालका लागि कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय खाली राखिएका छन्, जहाँ पछि मन्त्रीहरू नियुक्त गरिनेछ ।
नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँले सत्ता समीकरण फेरिएपछि राजीनामा दिएका थिए । बानियाँको बहिर्गमनपछि एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन राप्रपाका १२ सांसदले निर्णायक समर्थन दिएका थिए ।
प्रतिक्रिया