×

विश्ककप छनोट क्रिकेट- अमेरिकासँगको  खेलमा नेपाल ६ विकेटले विजयी

images

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँग को  खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४२ बल बाँकी छँदै पुरा गरेको हो ।

नेपालको जितमा भीम शार्की र दिपेन्द्र सिंह ऐरीले ७८ रनको साझेदारी गरे । भीमले सर्वाधिक ७७ रन बनाउँदै नटआउट रहे । उनले ११४ बलमा ७ चौका र एक छक्का प्रहार गरे ।

यस्तै दिपेन्द्र सिंह ऐरी ३९ रनमा नटआउट रहँदा कुशल भुर्तेलले ३९ रन बनाएर आउट भए । अमेरिकाका सौरभ नेत्रभाल्कर, नोस्तुश केन्जीग, निसर्ग पटेल र स्टेभन टेलरले समान एक एक विकेट लिए ।

त्यसअधि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भयो । अमेरिकाका लागि शायन जाहान्गिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ खेले ।

वेस्ट इन्डिजसँगको अघिल्लो खेलमा शतक बनाएका सिंह २६ रनमा आउट भए । ओपनर मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए । निसर्ग पटेलले २५ बल खेलेर ८ रन बनाए ।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । गुलसन झाले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी १ विकेट आफ्नो नाममा गरे ।

मङ्गलबार ५ असार २०८० ०८:२० PM मा प्रकाशित

प्रतिक्रिया