काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज (मंगलबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।
आजको खेलमा नेपाल र अमेरिका दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्ने योजनामा छ । उता, पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित अमेरिका पनि पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हार्यो भने अमेरिका वेस्टइन्डिजसँग ३९ रनले।
नेपाल र अमेरिकाबीच अहिलेसम्म ३ ओडीआई खेल भएको छ। जसमा नेपालले ३ खेलमा जित, २ मा हार र एक खेल बराबरीमा सकिएको छ। नेपाल र अमेरिकाबीचको ६ खेल आइसिसी विश्वकप लिग २ मा भएको थिए। प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उद्देश्यसहित मैदानमा उत्रदैँछ ।
उत्कृष्ट लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा हार ब्यहोरेको नेपालले दोस्रो खेल भने जित्नै पर्ने दबाबमा देखिनेछ । विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह एमा छ। समूह बीमा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्।
प्रतिक्रिया