काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा मंगलबारका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ । उनलाई रुघाखोकी संक्रमण भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सोमबारदेखि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको सचिवालयको भनाइ छ। स्वास्थ्यमा समस्या देखिएसँगै आज प्रधानमन्त्री ओलीको सांसदसँगको प्रश्नोत्तर कार्यक्रमसमेत स्थगित भएको हो। संसद् सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यसूची राखेको थियो।
स्वास्थ्य समस्याका कारण सोमबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकसमेत स्थगित भएको थियो। सभामुख देवराज घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीले प्रधानमन्त्री ओली स्वास्थ्यका कारणले अनुपस्थित हुने हुँदा प्रश्नोत्तरलाई कार्यसूचीबाट हटाइएको बताए । प्रधानमन्त्री ओली अस्वस्थ रहेको कारण देखाउँदै सोमबारको मन्त्रिपरिषद् बैठक पनि रोकिएको थियो ।
प्रतिक्रिया