×

नेपाली काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

images

काठमाडौं । नेपाली काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।

सभापति शेरबहादुर देउवा थाइल्यान्ड गएपछि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको मुख्यसचिव कुष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा ९१३० बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ,’– मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य उपचारको लागि सभापति देउवा थाइल्याण्ड गएका हुन् । थाइल्याण्डमा उनी परराष्ट्रमन्त्री आरजु राणा र छोराबुहारीको साथमा रहने छन् ।

l

आइतबार​ ७ बैशाख २०८२ ०९:०६ PM मा प्रकाशित

प्रतिक्रिया