×

एमालेलाई सरकार छोडेर जान कस्ले भनेको थियो ? माओवादी नेता देवेन्द्र पौडेल 

images


काठमाडौं । माओवादी केन्द्रका नेता, देवेन्द्र पौडेलले, एमालेलाई सरकार छोडेर जान कस्ले भनेको थियो भन्ने प्रश्न उठाएका छन् । 
पार्टी अध्यक्ष  समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा मागेको विश्वासको मतबारे आफ्नो धारणा राख्दै पौडेलले, राष्ट्रिय सहमति निर्माणका लागि माओवादी केन्द्रले गरेको प्रयासमा एमालले साथ नदिएको आरोप लगाए । 
एमालेसंग भएको सहमतिबाट प्रधानमन्त्री भागेको नभई, उनले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले गरेका प्रयासबाट एमाले भागेको बताए । 
उनले भने ‘यो सदनमा नेपाली कांग्रेस भन्ने पार्टी पनि सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईले धरहराबाट हनुहुन्छ की सगरमाथाबाट हेर्नु हुन्छ ?’ दोस्रो दललाई सहमति चाहियो । पहिलो दललाई समेत समहतिमा गरेर अगाडि बढौं भन्ने कुरा गलत थियो इतिहासको कठघरामा उभिएर जवाफ दिन हामी तयार छौं ।’ 
उनले एमालेले गैर संवैधानिक रुपमा संसद विघटन गरेको कुरालाई लिएर अझैपनि सो पार्टीका सांसदले ठिक थियो भन्ने वकालत गरेको भन्दै नयाँ संसद पुरानो संसदले गरेका कामलाई लाहछाप गर्नका नभएको बताए । 

सोमबार ६ चैत २०७९ ०३:३२ PM मा प्रकाशित

प्रतिक्रिया