×

बारा २, चितवन २ र तनहुँ १ मा एकैपटक उपनिर्वाचन गर्ने आयोगको निर्णय

images

काठमाडौ‌ं । निर्वाचन आयोगले बारा र तनहुँमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले चितवन २ सहित बारा २ र तनहुँ १ मा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिए। चैत २० गते उम्मेदवारी दर्ता, २३ गते अन्मित नामावली प्रकाशन गर्ने कार्यसूची रहेको उनले बताए ।

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशपछि चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएपछि सो क्षेत्र रिक्त भएको थियो ।

यस्तै तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि ती क्षेत्र पनि रिक्त भएको थियो । आयोगले सबै क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।


 

सोमबार ६ चैत २०७९ ०४:४२ PM मा प्रकाशित

प्रतिक्रिया