×

सेयर कारोबार दोहोरो अंकको गिरावट

images

साताको पहिलो दिन आज सेयर कारोबारमा गिरावट भएको छ । नेप्से परिसूचक १४.६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो ।
 यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

अघिल्लो कारोबार दिन साढे २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२४ स्टकको ३५ हजार २१२ पटकको कारोबारमा २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

राष्ट्र उत्थानको शेयरमूल्य यस दिन ५६ रुपैयाँ ९० पैसा बढेर ६२५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, इमर्जिङ्ग नेपालको मूल्य ४७ रुपैयाँ २० पैसा बढेर ५१९ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। 

आइतबार​ ६ चैत २०७८ ०४:२० PM मा प्रकाशित

प्रतिक्रिया