×

बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

images

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन बढेर बन्द भएको हो।

आज बजार परिसूचक नेप्से २२.६५ अंक (१.१८ प्रतिशत) ले वृद्धि हुँदा १९४९.०६ अंकमा बन्द भएको छ । बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । व्यापार उपसूचक सर्वाधिक ४.६६ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक २.२१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । आइतबार १ अर्ब ७ करोडमा सीमित भएको कारोबार सोमबार वृद्धि भएको छ । सोमबार बजारमा २९ हजार २८२ वटा कारोबारमा ५२ लाख ५५ हजार ०८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ८६ लाखको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कारोबार भएकोमध्ये आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक ७ करोड ६४ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड २० लाख, सिटिजन्स बैंकको संस्थापक सेयर ५ करोड ८५ लाख रुपैयाँ र शिवम् सिमेन्टको सेयर ४ करोड १४ लाखको कारोबार भएको छ ।

नेप्सेमा सोमबार कुल २१४ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७८ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । साथै ३३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।

सोमबार कारोबार भएकोमध्ये युनिक नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा न्यादी हाइड्रोपावरको सेयरमूल्य ७.७३ प्रतिशत र नयाँ सारथी लघुवित्तको सेयरमूल्य ६.१८ प्रतिशतले वृद्धि भएको छ ।

सपोर्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.३६ प्रतिशतले वृद्धि हुँदा स्वाभिमान लघुवित्तको सेयरमूल्य ४.७२ प्रतिशत र वीन नेपाल लघुवित्तको सेयरमूल्य ४.०८ प्रतिशतले घटेको छ ।

सोमबार ६ चैत २०७९ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया