×

निर्वाचन आयोग निष्पक्ष भएन : अध्यक्ष ओली

images

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाउनुभएको छ । 
    
मतपत्रमा हरियो रङको निर्माण गर्ने निर्णयप्रति उहाँले विरोध गर्नुभयो । हरियो रङ रुख जस्तो हुने र कांग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “कांग्रेसको चुनाव चिह्न रुख किन हरियो हुने ? इलामको सूर्योदय नगरपालिका नगर कमिटीको आयोजना र एमाले जिल्ला कमिटीको व्यावस्थापनमा भएको जनसभामा बोल्दै एमालेको लोकप्रियताप्रति अन्य दलहरू डराएको टिप्पणी गर्नुभयो । 

फिक्कल चोक बजारमा भएको कार्यक्रममा एमाले जनताको पार्टी भएको उहाँको भनाइ छ । एमाले सरकारमा हुँदा शिक्षा, स्वास्थ्य, सडक क्षेत्रको विकासमा राम्रो काम गरेकाले एमाले सबै विकास गरिसक्छ भनेर अन्य दल डराएको उहाँको भनाइ छ । 

एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेमा जनताको लहर चलेको दाबी गर्नुभएको छ । 

आइतबार​ ६ चैत २०७८ ०७:५१ PM मा प्रकाशित

प्रतिक्रिया