×

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्बमा रोकियो

images

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३९ दशमलव ४० अंकले घटेर २ हजार ६९३ दशमलव १० अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९९ अंकले घटेर ५१३.६४ अंकमा झरेको छ । नेप्से परिसूचक सुस्ताउदा कारोबार रकममा पनि उल्लास देखिएन । दिनभर भएका ५७ हजार कारोबारबाट २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार कारोबार रकम ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँ भएको छ । कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्था देखिएको छ ।

७० प्रतिशत बोनस सेयर घोषणा गरेपछि यो संस्थामा लगानीकर्ताहरूको आकर्षण देखिएको हो ।

 

आइतबार​ ८ फागुन २०७८ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया