×

मुक्तक

images

१.
शीतलहर चल्यो तराईमा जनताको बिजोग छ
राजधानी मस्त छ किनकी त्यहाँ सबथोक छ
पार्टीहरु सत्ताको खेलमा जन्ता लुगलुग काम्दै
सहरमा खाना फालिन्छ गाउँमा भोक नै भोक छ ।

२.
आनन्द मान्नुपर्छ ऐ जिन्दगी,हुने हार दैव नटार
जति जे गरेपनि हुनैपर्छ,हामी मृत्यूको शिकार
आखिर के छ र जिन्दगी,आउनु जानु नै त हो नि
आउँदा त्यसै धर्तीमा,जाँदा बाँसको शयनगार ।

३.
पत्रकार हुँदाको जस्तो मंत्री हुँदा छैन् चुरी फुरी 
कुरा र कामको बिचमा क्रमशः बढ्दै गयो दुरी
ठोस काम गर्नु भन्दा विज्ञापन गर्ने मोह बढी भो
सत्ताको ताप रापले जनताप्रति बन्दै गयो निष्ठुरी ।

४.
पीडा दिने मान्छेसँग हुने यो बात अन्तिम होस्
भेट नहोस आइन्दा यो मुलाकात अन्तिम होस्
नारीको भावनासँग खेलावाड गर्ने दुष्ट मान्छेसँग
भेट्न बोल्न नपरोस आजको रात अन्तिम होस ।
                         

शुक्रबार​ ६ माघ २०७९ ०४:५९ PM मा प्रकाशित

प्रतिक्रिया