×

प्रधानमन्त्रीविरुद्ध भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षड्यन्त्र- महासचिव शंकर पोखरेल

images

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको विरुद्ध भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षड्यन्त्र भन्दै टिप्पणी गरेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनिमा लागानी गरेको प्रमाण भन्दै कागजपत्र सार्बजनिक गरेपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन्। पोखरेलले यस्तो षड्यन्त्र र अराजकताबाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु सबैको कर्तव्य रहेको उल्लेख गरेका छन् ।

images

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार अपराह्न साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको ब्युर...

पोखरेलले भनेका छन्-

images

व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले  निवासबाट पक्राउ गरेको हो । 

देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो । कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो । यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।

मङ्गलबार ४ मंसिर २०८१ ०१:१७ PM मा प्रकाशित

प्रतिक्रिया