×

यो सरकार देउवा रिसाएको एक सेकेण्डमै ढल्छ : रवि लामिछाने

images

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने बताएका छन् । बिहीबार पार्टीले गरेको संविधानमाथिको छलफलमा सभापति लामिछानेले यस्तो दाबी गरेका हुन् । 

सरकार बलियो भने पनि यसको धरातल कमजोर रहेको भन्दै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गरे ।

‘संसदमा अहिले शेरबहादुर देउवा रिसाएको एक सेकेण्डपछि सरकार ढल्यो । अस्थिरता छ । अहिले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर छ । एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन’, उनले भने । 

उनले प्रत्यक्ष प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रीमण्डल बनाउन पाउने शासकीय स्वरुप बनाउनु अहिलेको अवश्यकता भएको बताए । उनले भने, ‘सविधानमा शासकीय सुधारमा हामीले प्रत्यक्ष प्रधानमन्त्रीको विषयमा हामीले बतायौं । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ । प्रधानमन्त्रीले विज्ञताका आधारमा विषयविज्ञलाई मन्त्रीमण्डल राख्न पाउने भनेका छौं । नभए अहिलेको अवस्थामा स्थिरता सम्भव छैन । संसद्‌मा अहिले शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने स्थिति छ। अहिले दुई तिहाईको सरकार सबैभन्दा अस्थिर छ । एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन ।'

सभापति लामिछानेले सरकारले संविधान संशोधनलाई राजनीतिक सौदाबाजी बनाएको बताए । ‘संविधान संशोधन गर्छु भन्ने नाममा आफ्नो राजनीतिक इन्ट्रेस्टको सौदाबाजी गर्न पाइँदैन । संविधानलाई सौदाबाजी गर्नु राम्रो भएन’, उनले भने ।

बिहीबार ३ असोज २०८१ ०९:०१ PM मा प्रकाशित

प्रतिक्रिया