×

सिनामंगलमा शंकास्पद वस्तुमा विस्फोटक पदार्थ भेटिएन, आरोपमा खजाञ्ची पासवान पक्राउ

images

काठमाडौँ । काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु भेटिएको छ । सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

प्रहरीले सिसिटिभी फुटेजका आधारमा रौतहटका २८ वर्षीय खजन्ती पासवानलाई पक्राउ गरिएको एसपी सिताराम रिजालले बताए । ज्वेलर्स अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ। त्यसमा बिस्‍फोटक पदार्थ नरहेको सेनाले जनाएको छ।  रिजालका अनुसार पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजयन्ती पासवान छन् । ‘गौशाला वृत्तमा राखेर उनीमाथि थप सोधपुछ र अनुसन्धान भइरहेको छ’, रिजालले  भने ।

सुन पसल सञ्चालक मने विश्वकर्माले आफूसँग पटकपटक फोन गरेर ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएको बताएका छन् । उनले भने, ‘आज ९ पटक फोन गरेर ५ लाख मागेका थिए । नदिए बम राख्छु भनेर धम्की दिएका थिए । मैले पैसा दिन नमानेपछि यहाँ शङ्कास्पद वस्तु राखे । ’

सटरमा संयोजक सफलको नाममा टाँसिएको पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । ’
 

बुधबार ३ साउन २०८० ०२:३४ PM मा प्रकाशित

प्रतिक्रिया