×

फिल्म ‘आदिपुरुष’ विरुद्ध मुद्दा दर्ता

images

काठमाडौं । ऐतिहासिक ग्रन्थ रामायणमा आधारित भनिएको दक्षिण भातरीय फिल्म ‘आदिपुरुष’को भारतमै चर्को विरोधका साथै मुद्दा दर्ता भएको छ ।

रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको भन्दै भारतमा विरोध चर्किएको हो । विभिन्न हिन्दू संघ संगठनले उक्त फिल्मविरुद्ध मुद्दा दर्ता गराएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अखिल भारतीय हिन्दू महासभाले फिल्म प्रदर्शनमै रोक लगाउन माग गर्दै मुद्दा दर्ता गरेको हो । महासभाका महासचिव शिशिर चतुर्वेदीले फिल्मले हिन्दू संवेदनशीलतामाथि प्रहार गरेको, रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको आरोप समेत लगाएका छन् ।

उता, फिल्मका संवाद लेखक मनोज मुन्तसिर शुक्लाले फिल्मका केही संवादहरु परिवर्तन गर्ने निर्णय भएको बताएका छन् । यसै साताभित्र संवादहरु परिमार्जन गरिसक्ने भन्दै उनले मानिसको संवेदनशीलता भन्दा ठूलो अरु केही हुदैन भन्ने आफूहरुले बुझेको बताएका छन् ।

फिल्ममा रामायणका महत्वपूर्ण पात्र हनुमान मार्फत प्रयोग गराइएका संवादको पनि ब्यापक आलोचना भएको छ । एजेन्सी

सोमबार ४ असार २०८० ११:२२ AM मा प्रकाशित

प्रतिक्रिया