×

माओवादी केन्द्रको टोली चीन प्रस्थान

images

नेकपा माओवादी केन्द्रका नेताहरू चीनको १० दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन्।  माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली अनुभव आदानप्रदानका लागि चीनको छिन्दु प्रस्थान गरेका हुन्। 

भ्रमण दलमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरु सहित केन्द्रीय नेताहरु रहेको मैनालीले बताए।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो । साथै पार्टीका प्रदेश अध्यक्षहरूसहित केन्द्रीय नेताहरू पनि भ्रमणमा संलग्न छन्।

शुक्रबार​ ५ जेठ २०८० ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया