काठमाडौं। मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सरकारका नीति तथा कार्यक्रम अनुमोदन गर्नका लागि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठक आज (शुक्रबार) मध्यान्न १२ बजे सिंहदरबारमा बस्ने छ ।
बैठकमा सरकारले शुक्रबार संघीय संसद्मा पेश गर्ने नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको एक मन्त्रीले जानकारी दिए। सरकारले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया