काठमाडौं । मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
आगामी आर्थिक वर्षका लागि आज अपरान्ह संसद्मा नीति तथा कार्यक्रम वाचन हुनुअघि मन्त्रिपरिषद् बैठक बसिरहेको हो। मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रमबारे निर्णय लिनेछ। बैठकमा नीति तथा कार्यक्रमका साथै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे पनि कुरा हुने बताइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को बैठक अपराह्न ४ बजे बोलाइएको छ। राष्ट्रपति निर्वाचित भएपछि पौडेलले पहिलोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्।
प्रतिक्रिया