सभामुख निर्वाचन अघी प्रधानमन्त्री प्रचण्डलाई भेटेर फर्किए रामचन्द्र पौडेल

    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पौडेलले प्रचण्डलाई भेटेका हुन् । प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच आधा घन्टा संवाद भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । दुई नेताबीच सभामुख निर्वाचनको पेरिफेरीमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो । 

    सभामुखको निर्वाचन आज हुँदैछ । सत्ता गठबन्धनले एमाले नेता देवराज घिमिरेलाई र विपक्षी गठबन्धनले कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।  पौडेल राष्ट्रपति पदको आकांक्षी छन् । सभामुखको निर्वाचनअघि नेता पौडेलले प्रधानमन्त्रीलाई भेट्नु अर्थपूर्ण रूपमा लिइएको छ।

    बिहीबार ५ माघ २०७९ ११:५८ AM मा प्रकाशित

    प्रतिक्रिया