×

सभापति लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो - सभापति देउवा

images

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति शेरबहादुर देउवाको अध्ययनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै सभापति देउवाले समितिको प्रतिवेदन सार्वजनिक भएपछि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका हुन्। 

उनले महामन्त्री थापाले सहकारीबारे धेरै अध्ययन गरेर बोलेको आफूले पाएको कार्यक्रममा सुनाए । 

सभापति देउवाले पार्टीले संसद्‌मा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको दाबी गरे। उनले संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन खेलेको भूमिकाप्रति धन्यवाद दिए ।

‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले त पत्याएकै थिइनँ, यस्तो छ भनेर । सहकारीको विषय । मैले वास्तवमा पत्याएकै थिइनँ। रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने धेरै चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर,' सभापति देउवाले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले जिल्लामा राम्रो सङ्गठन विस्तार गर्न र जिल्लामा भएका झगडा मिलाउनतिर लाग्न सबैलाई निर्देशन दिए ।

बुधबार २ असोज २०८१ ०७:३४ PM मा प्रकाशित

प्रतिक्रिया