×

यू-२० पुरुष साफ च्याम्पियनसिप- नेपालले श्रीलङ्कालाई हरायो

images

काठमाडौं ।  आजदेखि सुरु यू-२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सुखद् सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलङ्कालाई १-० गोलअन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । जितसँगै नेपालले तीन अङ्क जोडेको छ ।

नेपालको जितमा निराजन धामी नायक बने । उनले खेलको २४औँ मिनेटमा गोल गरेका थिए । आजको खेलमा तुलनात्मकरूपमा बल पोजिसनमा नेपालको पक्ष राम्रो देखिए पनि फिनिसिङ राम्रो नहुँदा नेपालले कैयौँ अवसर गुमाएको थियो ।

च्याम्पियनसिपको समूह ‘ए’मा नेपाल, श्रीलङ्का र बङ्गलादेश छन् भने समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । समूह ‘ए’को खेलमा श्रीलङ्का बङ्गलादेशसँग पराजित भएमा नेपाल एक खेल अगाबै सेमिफाइनल पुग्नेछ । प्रतियोगिताअन्तर्गत भोलि समूह ‘बी’मा रहेको भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेदेखि हुनेछ ।

आइतबार​ २ भदौ २०८१ ०८:०१ PM मा प्रकाशित

प्रतिक्रिया