×

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झालाई थुनामा पठाउन आदेश

images

काठमाडौं ।  काठमाडौं  जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।  

न्यायाधीश तीर्थराज केसीको एकल इजलासले झालाई आइतबार धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । झाविरुद्ध सरकारी वकिल कार्यालयले ठगी, लिखत कीर्त्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।

भारतीय समेत नागरिकता रहेको दाबी गरिएका झाको नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ छ ।

जिल्ला अदालतको थुनामा पठाउने आदेश पछि उनलाई केन्द्रीय कारागार सुनधारा चलान गरिएको छ।

आइतबार​ २ भदौ २०८१ ०७:५८ PM मा प्रकाशित

प्रतिक्रिया