×

एकै दिन ४ सय ५७ जनामा काेराेना सङ्क्रमण, १ जनाकाे ज्यान गयाे

images

 पछिल्लो २४ घण्टामा चार सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ५१ जनामा गरिएको नमुना परीक्षणमा चार सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा केही दिनयता दिनहुँजस्तै कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । जसका कारण कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ सय ७६ जना पुगेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । यही अवधिमा ४८ जना सङ्क्रमित निको भएका छन् । 

पछिल्लो २४ घण्टामा ९८ हजार नाै सय जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सोमबार २ साउन २०७९ ०५:२७ PM मा प्रकाशित

प्रतिक्रिया