×

गोलभेँडाले उचित मूल्य नपाएको भन्दै कालीमाटी बजारमा फ्याँकियो गोलभेँडा

images

काठमाडौं । तरकारीको भाउ चुलिएका बेला कालिमाटीमा तरकारी बजारका व्यापारी र किसानले  गोलभेँडाले उचित मूल्य नपाएको भन्दै कालीमाटी सडकमा गोलभेँडा फालेका छन् । विभिन्न स्थानबाट संकलन गरि ल्याईएको गोलभेँडा कालीमाटी फलफूल तथा तरकारी बजार पुराएपछि किसानहरूले उचित मूल्य नपाएको भन्दै १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका हुन् ।

आफ्नो उत्पादनले लागतअनुसारको बजार भाउ नपाएको विरोधमा किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडा फालेर विरोध गरेका हुन् ।

जबकि, सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत आन्तरिक उत्पादन बढाउने भन्दै प्याज र आलु लगायतका वस्तुमा भ्याट लगाउने निर्णय गरेको छ । यसबाट आन्तरिक उत्पादन बढ्ने अर्थमन्त्री डा। प्रकाशशरण महतको भनाई छ । तर, आन्तरिक उत्पादनको सिजनको समयमा गोलभेँडा उत्पादकले लागतअनुसारको मूल्य पाइरहेका छैनन् ।

यतिबेला कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा गोलभेँडाको थोक मूल्य ८ रुपैयाँ छ । यसको अर्थ किसानले खेतमा बढीमा प्रतिकिलो १ रुपैयाँदेखि २ रुपैयाँसम्म मात्रै भाउ पाउने गरेका छन् । यसैको विरोधमा कालीमाटीमा सडकमा गोलभेँडा फालेर किसानले विरोध जनाएका हुन् । 

किसानहरुले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा पनि मागेका छन्। उनीहरूले सरकारले भारतीय तरकारीलाई प्राथमिकतामा राखेको पनि आरोप लगाएका छन्। 
भारतीय तरकारीले स्वदेशी उत्पादन मारमा परेको, नेपाली किसानको उत्पादन बिक्री नभएको र सरकार पनि रमिते भएको गुनासोसहित उनीहरुले विरोध जनाएका हुन्। 

नेपालमा उत्पादित तरकारीबाट लागत मूल्य उठाउन पनि गाह्रो भएको किसान र बिक्रेताको गुनासो छ। किसानले टमाटर सडकमा पोखेपछि त्यसलाई हटाउन डोजर नै लगाइएको छ।

आइतबार​ ३ असार २०८० १२:४६ PM मा प्रकाशित

प्रतिक्रिया