×

बासबिनाको बस्ती

images

कालिकोट । रास्कोट नगरपालिका—७ पोखरीकोट पुग्नेलाई जोकोही निलो जस्तापाताले सिँगारिएका एकनास घर देखेर लोभिन्छ । पहाडी भूभागमा एकै आकारका लहरै नयाँ घर देखिँदा आकर्षित नहुने कुरै भएन ।

पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमुना बस्ती हो । अहिले त्यहाँ पुगेर धेरैले तस्बिर खिच्ने, सेल्फी खिच्ने र टिकटक बनाउने गरेका छन् । बाहिरबाट हेर्दा जति आकर्षक लागे पनि त्यही पुग्दा भने बस्ती बस्ती जस्तो छैन । सुनसान छ । मान्छेबिनाका रित्ता घर एक्लै उभिएका छन् ।

पहिरोले जमिन चिरिएर बस्दै आएको ठाउँ बस्न अयोग्य भएपछि कर्णाली प्रदेश सरकारले पहिलोपटक एकीकृत नमुना बस्तीको अवधारणा ल्यायो । पहिरोले गाउँ नै जोखिमयुक्त बनाएपछि त्रिपालको साहारामा बस्न बाध्य स्थानीयका लागि सरकारले चिटिक्क परेको घर बनाइदियो ।

वास्तविक पहिरो पीडितलाई यो आकर्षक घरले तानेन उनीहरू अहिले पनि पहिरोले चिरिएकै जोखिमयुक्त ठाउँमा बसिरहेका छन् । एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ ।

पहिरोले पूर्णरूपमा घरमा क्षति भएका ७३ परिवारका लागि आवास बनाइयो । तर, नमुना बस्तीमा हाल १६ परिवार मात्रै बस्ने गरेको वडाअध्यक्ष कपुर महतारा बताउँछन् । ‘धेरैजसो पुरानै थलोमा खेतीपाती गरेर बसेका छन्, कोही कोही राति सुत्न मात्रै आउँछन् ।’  

महतराले भने, ‘ठूलो पानी प¥यो भने राति बास बस्न आउने गरेका छन् ।’ कनै रोजगारी नभएको खेतीपाती वस्तुभाउ सबै पुरानै ठाउँ भएकाले स्थानीय नयाँ घरमा नसरेको उनको भनाइ छ ।

त्यसो त बस्तीनजिक विद्यालय छैन । खानेपानीको अभाव र बत्ती व्यवस्था नहुँदा स्थानीय ताला लगाएर बस्न विवश भएको आजको राजधानी दैनिकमा खवर छ ।

बिहीबार ४ जेठ २०८० ०६:५२ AM मा प्रकाशित

प्रतिक्रिया